काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा आज बिहान ९ बजे सो शेयर बाँडफाँड भएको हो ।

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७ सय ९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८ सय ५८ आवेदकको आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये ६ हजार २ सय ६१ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । सोमध्ये पनि ५ भाग्यमानी लगानीकर्ताहरुले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो । लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गरिएको हो ।