काठमाडौं – लोकदोहोरी क्षेत्रमा अब्बल गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएको छ । सुर्खेतबाट आइतबार साँझ मात्रै काठमाडौं आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी स्थायी घर भएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ विगत १५ महिनादेखि दिलमायासँग अवैध सम्बन्धमा रहेको खुलेको छ । खिलबहादुरका चार छोराछोरी र श्रीमती गाउँमै बस्छन् । गायीका दिलमायाको श्रीमानसँग डिभोर्स भइसकेको र एक छोरा पनि श्रीमानकै घर सूर्खेत बस्थे ।

दिलमायासँगै बस्दै आएका खिलबहादुरले दिलमायाले झुन्डिएर आत्महत्या गरेको बताएता पनि उनका गतिविधि शङ्कास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगञ्जस्थित झाडीमा फेला परेको छ भने उनले चलाएको मोबाइल अझै भेटिएको छैन । दिलमायाको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । पोष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।