साङ्केतिक तस्वीर

एजेन्सी – मध्यफिलिपिन्समा १ सय ६५ यात्रु सवार मामा मेरी–क्लो नाम गरेको एउटा डुङ्गामा आगलागी भएको छ । उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।

मामा मेरी–क्लो नाम गरेको उक्त डुङ्गा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घंटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ ।

एक सय ५७ यात्रु र आठ चालकदलसहितको उक्त डुङ्गा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । डुङ्गामा अचानक आगो लागेपछि यात्रुहरू डुङ्गाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन् । क्षमताभन्दा बढी यात्रु बोकेका कारण फिलिपिन्समा बारम्बार डुङ्गा दुर्घटना हुने गरेको बताइएको छ ।