काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला एक सय रुपैयाँले बढेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।