जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घरबाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाख बराबरको धनमाल चोरी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाई चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल जस्ता धनमाल चोरी गरी लगेका छन् । रासस