अमेरिका – अमेरिकाको सिकागोस्थित एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो ।

बन्दुक नियन्त्रण सम्बन्धी विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ । तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ ।