काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ सय ३७ जनामा पीसीआर विधिबाट तथा ८ सय ६५ जनामा एन्टिजेन विधिबाट स्वाव परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यो अवधिमा काठमाडौं उपत्यकामा मात्र १९ जनमा सङ्क्रण पुष्टि भएको छ । काठमाडौंमा १३, भक्तपुरमा एक र ललितपुरमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर १६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३ सय ७२ जना पुगेको छ । हाल देशभर १ सय ८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।