कास्की – पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागिएको नगरसभा बहिष्कार गरेका छन् । बजेट प्रस्तुत नहुँदै रातो किताब छापेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले बजेट प्रस्तुत गर्ने कार्यक्रम नै बहिष्कार गरेको हो ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेको बताउनुभएको छ । प्रतिपक्षीलाई छलकपट गरेर रातोकिताब ल्याइएको र त्यो एमालेलाई मान्य नहुने दल नेता राधिकाकुमारी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झ्यालबाट ल्याइएको छ । यो नसच्चिएसम्म बजेट प्रस्तुत हुनु हुँदैन ।’

योजना समावेश नभएको भनेर ध्यानाकर्षण गराउँदा पनि जबर्जस्ती पुस्तक निकालिएको एमालेको आरोप छ ।

छ ।