काठमाडौं – काठमाडौं उपत्यकाको पाँच ठाउँमा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार काठमाडौंको बागबजार, डिल्लीबजार, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा देखिएको छ । हैजा पुष्टि भएको ठाउँमा पानी दूषित रहेको पाइएको छ ।

‘पानीमा इकोली र कोलिफर्म जीवाणु पुष्टि भएको छ,’ महाशाखा प्रमुख चुमनलाल दासले भन्नुभयो, ‘धाराको पानी दूषित छ । पानी कहाँबाट दूषित भएको हो खोजी भइरहेको छ ।’

उहाँका अनुसार हालसम्म ८ जनामा हैजा पुष्टि भएको छ । उनीहरूको टेकु र बयोधा अस्पतालमा उपचार भइरहेको छ ।