काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।

यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यपिटलले गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ९.२५% ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।