काठमाडौं – साताको पाँचौ कारोबारको दिन आज बिहीबार शेयर बजार नेप्सेमा भारी अङ्कले पहिरो गएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५ दशमलव २५ अङ्कले घटेर १८४८ दशमलव २८ को बिन्दुमा झरेको छ ।

कारोबारको अन्तिम समयसम्म आइपुग्दा कारोबार भएका २३७ कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३४ रुपैंया बराबरको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज कुमारी बैंकको सर्वाधिक कारोबार देखिएको छ । बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, लक्ष्मी बैंकको ६ करोड ३६ लाख,नबिल बैंकको ५ करोड ५३ लाख,हिमालयन डिष्टिलरीको ४ करोड ५२ लाख र एनआईसी एशिया बैंकको ४ करोड १५ लाख बढीको शेयर कारोबार भएको छ ।

dfdg.jpg