काठमाडौं – रकी और पिङ्कीकि प्रेम कहानी निर्देशन गरेका करणले नेक्स्ट फिल्म एक्सन जनरामा निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ । हालै मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले एक्सन फिल्म छिटै निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि शाहरुख खानको छोरा आर्यन खानलाई तयार गरिरहेका छन् ।

शाहरुखलाई रोमान्टिक अवतारमा स्थापित गराएका करणले एक्सन फिल्ममा डेब्युका लागि उनका छोरा रोजेका हुन् । हालै ड्रग्स केसमा क्लिन चिट पाएका आर्यन डेब्युका लागि तयार छन् । शाहरुखकी छोरी सुहाना खान छिटै जोया अख्तरको फिल्म मार्फत डेब्यु गर्दै छिन् । जोया पनि शाहरुखको नजिककी साथी हुन् । आर्यनको डेब्युको लागि भने करणले धेरै समय अगाडी नै तय गरेका थिए ।

निर्देशक करण जोहरलाई लभ स्टोरी फिल्मले स्थापित ग¥यो । कुछ कुछ होता है, कभी खुसी कभी गम लगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभ स्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोष्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलो पटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।