काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

यस्तैगरी तेजाबी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।