काठमाडौं – लामो समयको अन्तरालमा हरियाली छाएको सेयरबजार नेप्सेमा आज फेरि गिरावट आएको छ । साताको चौथो कारोबारको दिन आज फेरि शेयर बजार ओरालो लागेको छ ।

हिजो ३९ दशमलव ९३ अङ्कले बढेर १९२४ दशमलव ७४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ को बिन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आजमात्रै ३ करोड ३९ लाख ६६ हजार ५ सय ४९ रुपैयाँको कारोबार भएको छ ।