काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि पदमुक्त हुनुभएको छ । सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उहाँको प्रदेशसभा सदस्य पद गुमेको हो ।

जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत विराटनगरले सदर गरेपछि त्यसमा चित्त नबुझेको भन्दै खातुनले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सर्वोच्च अदालतले उहाँको निवेदनलाई खारेज गरिदिएपछि उहाँको पद गुमेको हो ।

गत जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले खातुनको निवेदनमा मागअनुसार दाबी नपुगेको भन्दै मुद्दा दोहोर्याउन अनुमति नदिने आदेश दिएको थियो ।