काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

यस्तैगरी तेजाबी सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले नै घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर आज घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।