काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । जेठ २६ गते निष्काशन गरेको आईपीओ आज बाँडफाँड गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ । यसमा केहि आवेदन रद्द भएका छन् । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८ सय ६९ कित्ता शेयरको ८ दशमलव ८५ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँड गरेर बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८ सय ४० कित्ता सहित गरी प्रतिकित्ता १ सय अङ्कित दरका २१ लाख ९५ हजार ५ सय ९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।