काठमाडौँ– चर्चित हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाँधिएका छन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।

आज विवाह सम्पन्न भएपछि बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफूलाई स्थापित गराउन सफल राजले अहिले चार्टर एकाउन्टेन्टको अध्ययन सकाएको र केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । सुनिशा पेशाले मोडल हुन् ।