जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । वारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ । रासस