काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन घर कम्पाउन्डमा झगडा हुँदा एक युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका ४० वर्षीय खगेन्द्र लिम्बुलाई पक्राउ गरेको छ । असार ४ गते मध्यराति झगडा हुँदा खगेन्द्रले चिर्पट प्रहार गरेका थिए । काठको चिर्पटले हिर्काउँदा गम्भिर घाइते भएका दिपेनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको जनाएको छ ।