काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

हिजो सोमबार पनि नेपाली बजारमा छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको कारोबार मूल्य समेत स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ कायम रहेको छ ।