काठमाडौं – पिपुल्स पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बुधबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । जसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७ सय ८० कित्ता सेयर बिक्री गर्नेछ । यसैगरी, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता आईपीओ जारी हुनेछ ।

कम्पनीको यस आयोजनामा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बङ्गलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।.

यस बाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।