काठमाडौं – नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने उक्त खेल आज दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै नेपाल जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अङ्क छ । हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्नेछ ।