फाइल तस्वीर
इथोपिया– इथोपियाको ओरोमिया क्षेत्रमा भएका आक्रमणमा दुई सयभन्दा बढी सर्वसाधारण नागरिकहरुको हत्या भएको छ । अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।

जातीय अम्हारा समुदायका मानिसहरुमाथि भएको हत्या भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । प्रत्यक्षदर्शीले ‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाईलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

प्रत्यक्षदर्शी ति नागरिकले आफु आक्रमणबाट मुस्किलले बाँच्न सफल भएको भन्दै हत्या गरिएका मानिसहरुको शवलाई सामूहिक चिहानमा गाडिएको बताएका छन् ।

आतताइ आक्रमण भएको ओरोमिया क्षेत्रमा सङघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ ।’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेको कुरा समाचारमा उल्लेख छ ।

अहिलेसम्म उक्त आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । प्रहरीले आक्रमणबारे अनुसन्धान गरिरहेको छ । हत्याप्रकरणपछि ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको पनि समाचारमा जनाइएको छ ।