फाइल तस्वीर
काठमाडौं – पहेंलो धातु सुनको मूूल्य वृद्धि भएको छ । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज प्रतितोला ९७ हजार ७ सात रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साताको पहिलो दिन हिजो आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार सात सय रुपैयाँ पुगेको हो । हिजो आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य भने प्रतितोला ९७ हजार दुई सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।