फाइल तस्वीर
मलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको उक्त प्रतियोगितामा नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

मलेसियाको किनारा ओभलमा भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बहराइललाई सस्तैमा समेटेको थियो । वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाउँदा बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले भने एक÷एक विकेट लिन सफल भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो । बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिएका थिए भने अस्मिना कर्माचार्यले एक विकेट लिइन् । जितसँगै नेपाल ३ खेलबाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपाल र हङकङबीच सेमिफाइनलमा भिडन्त हुनेछ ।