साङ्केतिक तस्वीर
काठमाडौं – काठमाडौं धुुम्बाराही चक्रपथस्थित चप्पल कारखाना नजिकै गएराती टिपरले दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्युभएका अन्दाजी ३० वर्षीय ति पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

महाराजगञ्जस्थित नारायणगोपाल चोकबाट धुम्बाराहीतर्फ जाँदै गरेको बा. २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त टिपरका चालक र टिपरलाई प्रहरी वृत्त महाराजगञ्जमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।