फाइल तस्वीर
तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् ।

पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ । रासस