काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

हिजो ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज ५ सय रुपैयाँले नै बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।