फाइल तस्वीर
मलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको हो ।
नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद् सुरुआत गर्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउने योजना लिंदै जितको खोजिमा मैदानमा उत्रिएको छ ।

जारी खेलमा नेपालका लागि काजोल श्रेष्ठको सर्वाधिक २६ रनको योगदान रहँदा कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् । यसैगरी इन्दु बर्माले २० रन जोडिन् सफल भइन भने नेपालका अन्य ब्याटरहरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए । अपेक्षित ब्याटिङ्ग गर्न चुकेको नेपालले भुटानलाई झिनो लक्ष्य दिएको छ ।

भुटानका लागि अञ्जु गुरुङ, सोनाम पाल्डोम र टासी चेकीले एक–एक विकेट लिए । यता, च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।