फाइल तस्वीर
काठमाडौं– नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्था गाभिने (मर्जर) गर्ने नीति अनुरुप यतिबेला निजीक्षेत्रका नेपाली वाणिज्य बैंकहरु मर्जनको तयारीमा छन् । यसैबीच नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीचको मर्जर गर्ने प्रकृयालाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने बताउनु भएको छ । सञ्चालक समितिको बैठकले मर्जर प्रकृयालाई स्वीकृत गर्ने निर्णय गरेमा यी दुई बैंकबीच छिट्टै मर्जर हुनेछ । नेपाल बङ्गलादेश बैंकलाई गाभ्ने विषयमा नबिल बैंकले फाइल अगाडि बढाइसकेको छ । यी दुई बैंकबीच मर्जर हुँदा बैंकको प्रमुख कार्यकारी अधिकृत भने नबिल बैंकले हुने बताइएको छ ।