साङ्केतिक फाइल तस्वीर
सिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको हो ।

सिरहाको सुखिपुर नगरपालिका–८ मा गस्तीमा रहेको प्रहरीलाई देखेरपछि मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान भैरहेको सिरहा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले बताउनु भयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाँजा विक्रीका लागि भारततर्फ लान लागेको बताइएको छ । सीमावर्ति भारतीय बजारमा गाँजाको माग धेरे हुने गरेको बताइन्छ ।

तराईका जिल्लामा गाँजाको खेती गर्ने र प्रहरीले भेटेसम्म ति गाँजा खेती नस्ट गर्ने काम पनि गर्दै आएको छ । तराईमा विगतको तुलनामा केही वर्षदेखि गाँजा उत्पादनमा कमी आएको भएता पनि प्रहरीको आँखा नपर्ने स्थानमा गाँजाको खेती हुने गर्दछन् । तराईबाट सिमावर्ति भारतीय बजारमा गाँजाको माग धेरै हुने भएकाले नेपालबाट त्यसतर्फ गाँजा निकासी हुने गर्दछ । मधेस प्रदेशका केही जिल्लामा गाँजा उत्पादनलाई सरकारले न्यूनीकरण गर्ने प्रयार गरेता पनि उक्त कार्य सफल हुन सकेको छैन ।