काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको हो ।


यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो ।