साङ्केतिक तस्वीर
काठमाडौं –साताको चौंथो दिन आज नेप्से परिसूचक २९ दशमलवल ८९ अङ्कले गिरावट आएको छ । बुधबार दोस्रो बजारमा दुई सय २९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद विक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित हुन पुग्यो ।

आज कारोवार भएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने तीनवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । जसमध्ये जीवन बीमा, जलविद्युत्, व्यापार, लगानी, र फाइनान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले गिरावट भएको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९ सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।

यस्तै बलेफी हाइड्रो, लाईफ इन्स्योरेनस कर्पोरेसनको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घट्न पुग्यो । धेरै कारोवार हुने प्रमुख तीन कम्पनीमा नेपाल टेलिकम, हिमालयन डिस्टीलरी र बैंक अफ काठमाण्डू रहेका छन् । यी कम्पनीको क्रमशः १२ करोड, ५ करोड २८ लाख र ५ करोड १६ लााख मूल्य बराबरको सेयर खरिद बिक्री भएको थियो ।