काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९६ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।