काठमाडौं – साताको तेस्रो दिन आज पनि शेयरबजार नेप्से परिसूचक घटेको छ । आज नेप्से ३६ अङ्कले घटेर १ हजार ९ सय ९६ दशमल २५ अङ्कमा झरेको हो ।

क वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमल ४८ र फ्लोट इन्डेक्स २ दशमल २९ अङ्कले ओरालो लागेको छ । समूहगत परिसूचक पनि सबै ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीहरू २ सय ४२ अङ्कले ओरालो लागेको छ ।

यस दिन कारोबारमा आएका २३२ संस्थाको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।