काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनामा पीसीआर तथा ८ सय ६८ जनामा एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा १६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।