काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर विषय छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिहरुसँग दरखास्त माग गरेको छ । शैक्षिक वर्ष २०७८ /०७९ मा त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, वैतडी क्याम्पस अफ लाइभ साइन्स पूलबारी दाङ र पृथु टेक्निकल कलेज लमहीमा स्नातक तह बिएस्सी एग्रिकल्चर विषयको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिहरुसँग दरखास्त माग गरेको हो ।

इच्छुक व्यक्तिहरुले जेठ ३० गतेदेखि असार ६ गतेसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको केशर महल शाखामा दिन सकिने छ ।
दरखास्त फाराम यहाँबाट हेर्नुहोस :

https://moe.gov.np/assets/uploads/files/No_2_notice_of_BSc_Agriculture_2079-TU.pdf