फाइल तस्वीर
दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । राज्यमन्त्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो ।

तुलसीपुर उपमहानगर–५ स्थित बजार नजिकैको घरमा गै एक महिलालाई कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारका अनुसार बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं । घटनाबारे बुझिरहेका छौं’ प्रहरी निरीक्षक स्वार भन्नुभयो ।