फाइल तस्वीर

लागोस – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुलाई अपहरण गरेका छन् ।

जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले जाम्फारा र छिमेकी राज्य सोकोटो जोड्ने द्रुतमार्गबाट अपहरणमा परेका ४० पीडितको पहिचान र उद्धार गर्न संयुक्त सुरक्षा अभियान जारी रहेको जानकारी दिएका छन् ।

नाइजेरिया, सबैभन्दा धेरै जनघनत्व भएको अफ्रिकी देश हो जहाँ अपहरण, लुटपाट र चरमपन्थी हमलाहरूसहित असुरक्षाका घटनाहरूको शृङ्खलाबाट समस्याग्रस्त छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पीडितहरू सोकोटोको तम्बुवाल स्थानीय सरकारी क्षेत्रको एक विवाह समारोहबाट जाम्फारा फर्कदै गर्दा एक्सप्रेसवेमा सडक अवरुद्ध गर्ने बन्दुकधारीहरूले उनीहरूलाई पछ्याएका थिए । एजेन्सी