सिन्धुपाल्चोक – गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल चोरी भएको थियो ।

जस्ताको छाना मुनी हालेको जिप्सन बोर्ड फुटाएर पसलमा रहेको विभिन्न दरका जुत्ता, पाइन्ट, ज्याकेट, टिसर्ट, झोलासमेत गरी अन्दाजी रु २,५०,०००÷– (दुई लाख पचास हजार) मूल्य बराबरको सर–सामान चोरी भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।