पेरिस– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा क्रोएसियाले फ्रान्सलाई पाखा लगाएको छ । सोमबार राति भएको उक्त प्रतिस्पर्धात्मक खेलमा विश्वविजेता फ्रान्स क्रोएसियासँग १–० अन्तरले पराजित भएको हो ।

घरेलु मैदामा भएको खेलमा फ्रान्सेली टिले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा कमजोर मानिएको क्रोएसियासँग १–० गोलले स्तब्ध हुन पुग्यो । यो हारले फ्रान्स शीर्षस्थानमा उक्लने अवसर गुमायो । फ्रान्सलाई उसकै गृहमैदानमा हराउन सफल क्रोएसियाका लागि लुका मोड्रिकले खेल सुरुभएको पाँचौं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै आफ्नो टिमका लागि बर्दान सावित गरिदिए । यो एक गोल नै घरेलु टिम फ्रान्सका लागि अभिसाव भैदियो ।

यूइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा फ्रान्सले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । अहिलेसम्म चार खेल खेलिसकेको फ्रान्सले ४ खेल खेल्दा जम्मा दुई अङ्क जोडेको छ । अङ्क तालिकामा अहिलेसम्म फ्रान्स अन्तिममा रहेको छ । क्रोएसिया भने ४ खेलबाट सात अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।