काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी कूल ३ हजार २ सय ११ जनामा पीसिआर विधिबाट र एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन ।