काठमाडौं – नेपाली सिनेमा ‘कबड्डी ४’ ले अपार सफलता प्राप्त गर्दै करोडौं रुपैयाँको व्यापार गर्न सफल भएको छ । निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी ४’ ले अपेक्षा गरेको भन्दा अधिक व्यापार गर्न सफल भएको हो ।

‘कबड्डी ४’ चलेको १७ औं दिन भयो । यो समयावधिसम्म २१ करोड रुपैयाँको व्यापार गरेको सिनेमाका वितरक गोविन्द शाहीले बताउनु भएको छ । उक्त सिनेमा जेठ १३ गतेदेखि प्रदर्शन भएको थियो । अहिलेसम्म उक्त सिनेमा हेर्न आउनेहरुको भीड कायम नै छ । सिनेहलहरु हाउसफुल रहेको सञ्चालकहरुको भनाइ छ । रात्रिकालीन सोहहरू समेत अझै पनि हाउसफुल छन् । अझै धेरै दिनसम्म हाउसफुल हुने अनुमान छ,’ सिनेमा वितरक शाही भन्नुहुन्छ ।

बलिउड र दक्षिण भारतीय सिनेमाका कारण नेपाली सिनेमा चेपुवामा प¥यो भनेर निर्माताहरू चिन्तित बनिरहेको बेला ’कबड्डी’को रेकर्डले नयाँ आशा जगाएको छ । ‘राम्रो सिनेमा बनायो भने बलिउड हलिउडसँग तर्सिनु पर्ने रहेनछ भन्ने कुरा ‘कबड्डी ४’ ले प्रमाणित ग¥यो’– भन्नुहुन्छ शाही भन्छन् ।

सिनेमा ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, वजय बराललगायतका कलाकारको मुख्य भूमिका रहेको छ । बमकाजी र वीरकाजी चर्चित्र पात्र छन् सिनेमामा । अघिल्ला तीन सिरिजमा वीरकाजीको विहे नहुँदा दर्शकको चासो वीरकाजीको बिहेमा अल्झेको थियो ।