काठमाडौं – साताको पहिलो कारोबार दिन आज सोमबार प्रि–ओपनिङमा नेप्से परिसूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १ दशमलव १४ अङ्कले बढेर २०४९ दशमलव ३० बिन्दुमा पुगेको छ ।

प्रि–ओपनिङमा सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अङ्कले बढेको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य बढेको हो । यस्तै दुई वटा कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार प्रि–ओपनिङ सेसनमा कारोबारमा आएका १३ कम्पनीको ३९० कित्ता सेयर किनबेच हुँदा तीन लाख २०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये उपकार लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यस अवधिमा लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, तीन लाखको कारोबार भएको छ ।