काठमाडौं – साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।