फाइल तस्वीर
नयाँदिल्ली – अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ४ विकेटले हराएको छ । यो जितसँगै दक्षिण अफ्रिका ५ खेलको श्रृङ्खलामा २–० को अग्रता बनाउन सफल भएको छ ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितका लागि हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाउन सफल भए । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिएका थिए । भारतका श्रेयस इयरले ४० र इशान किशनले ३४ रन बनाए ।