फाइल तस्वीर
काठमाडौं – नेपाली बजारमा चिनीको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । आज आइतबारदेखि चिनीको खुद्रामूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ । यसअघि चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । अब उपभोक्ताले चिनी किन्दा प्रतिकिलो १०५ रुपैयाँ मूल्य तिर्नु पर्ने भएको छ ।

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाए पछि नेपालमा चिनीको मूल्य बढ्न गएको सङ्घको भनाइ छ । नेपालमा चिनीको माग धेरै र उत्पादन भने थोरै छ । देशमा उत्पादित चिनीले आन्तरिक माग धान्न सक्दैन । नेपालमा भारतलगायत अन्य देशबाट पनि चिनी आयात हुने गर्दछ । यतिखेर चिनीको मूल्य बढ्नुको पछाडी थोक व्यापारीहरुले चिनी लुकाएर काल्टेलिङ नेपाल खुद्रा व्यापार सङ्घको भनाइ छ ।

महङ्गीको मारमा पिल्सिएका उपभोक्ताहरु थोक व्यापारीले चिनी लुकाएपछि थप समस्यामा परेका छन् । नेपालीको भान्सा दिनप्रतिदिन महङ्गीदै गएको छ । आज बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म तिरेर उपभोक्ताहरुले खरिद गर्न बाध्य भएका छन् । यद्यपि, खुद्रा व्यापार सङ्घले भने चिनी प्रतिकिलो १०५ रुपैयाँ तोकेता पनि व्यापारीहरुले फरक–फरक मूल्य तोकेर चिनी विक्री गर्न थालेका छन् । सरकारले महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै पहल गरेको छैन ।

एकातिर बजार अनुगमन भएको छैन भने अकोतर्फ अनुगमनमा जाने कर्मचारीहरु नै व्यापारीहरुप्रति नै लहसिने र भित्रभित्रै कमिशन खानेगरेको उपभोक्ताहरुको बुझाइछ ।