काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज आइतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।