फाइल तस्वीर
काठमाडौं – भारतले एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत भएको तेस्रो चरणको खेलमा सहज जित निकालेको छ । भारतले शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

भारतीय टिमका कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोलको साझेदारी गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए । खेलको पूर्वार्धको ८५औं मिनेटमा कप्तान सुनिलले जालि चुमाउँदै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भए । तर सुनिलले गोल गरेको तीन मिनेट पछि अर्थात ८८ औं मिनेटमा अफगानिस्तानका हारुन फाखरुद्दिनले गोल गर्दै भारतसँग १–१ को गोलको बराबरी बनाए । खेल सकिन लागेको अन्तिम समयमा अफगानिस्तानी टोली सम्हालिन नसक्दा निर्धारित समयको इन्जुरी समयमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाउन सफल भए ।

यो जितसँगै समूह ‘डी’ मा रहेको भारतले दुई खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । समान खेल र अङ्कबाट हङकङ भने शीर्ष स्थानमा रहेको छ । समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ ।